श्रावण २२, २०७४
चलचित्र जब हेरी मेट सेजलमा चुलबुले गुजराती युवतीको भूमिका निर्वाह गरेर चर्चामा आएकी छिन् अभिनेत्री अनुष्का शर्मा । उत्कृष्ट अभिनयका कारण कम समयमै बलिउडमा स्थापित भएकी अनुष्काले हालै एउटा अन्तर्वार्तामा झुटो प्रशंसाले आफूलाई दु:खी बनाउने बताएकी छिन् ।
झुटो प्रशंसा गरेर कसैले आफूलाई बेवकुफ बनाउन नसक्ने कृतिको तर्क छ । अनुष्का आफैंलाई आफ्नो आलोचक मान्छिन् । त्यसैले उनी आफ्नो कामबाट कहिल्यै सन्तुष्ट हुन्नन् । कसले आफ्नो झुटो प्रशंसा गरिरहेको छ भन्ने कुरा उनलाई सहजै थाहा हुन्छ ।
नौ वर्षअघि रब ने बना दी जोडीबाट बलिउडमा पदार्पण गर्ने अनुष्काले एनएच १०, सुल्तान, ऐ दिल है मुस्किल तथा फिल्लोरी जस्ता चलचित्रमा पृथक भूमिका निर्वाह गरेकी छिन् । शाहरूख खानसँगको उनको चलचित्र जब हेरी मेट सेजल आज शुक्रबारदेखि प्रदर्शन आउँदैछ ।