साप्ताहिक संवाददाता
श्रावण २५, २०७४
ललितपुरको गाईजात्राको रौनकलाई काठमाडौं र भक्तपुरको तुलनामा केही कमजोर मानिए पनि जात्राका अवसरमा मंगलबजारमा एउटा विशेष धानको आकृति प्रदर्शन गरिन्छ, जसलाई स्थानीयवासीहरू सत्ययुगको धानको चामलका रुपमा पूजा गर्छन् । ललितपुरमा उक्त चामलको विधिवत प्रदर्शन तथा पूजापछि नै गाईजात्राका अन्य कार्यक्रमहरू सुरु हुन्छन् ।
ठमेलमा सुनको किताब
गाईजात्राकै दिन काठमाडौंको ठमेलमा सुन तथा चाँदीका अक्षर कुँदिएका पुस्तकहरू प्रदर्शन गरिन्छ । कडा सुरक्षाबीच गरिने यो प्रदर्शन हेर्नेहरूको ठूलो घुइँचो लाग्छ ।