साप्ताहिक संवाददाता
श्रावण २५, २०७४
लैंगिक अल्पसंख्यकहरूका लागि समर्पित नीलहीरा समाज (ब्ल्यू डाइमन्ड सोसाइटी) ले प्रत्येक वर्षझैं यो वर्ष पनि गाईजात्रा प्रदर्शन सम्पन्न गर्यो । ठमेलबाट प्रारम्भ भएर असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगी टुंगिएको उक्त जात्रा हेर्नेहरूको भीड पनि ठूलै थियो ।
लैंगिक अल्पसंख्यहरूको पारिवारिक स्वीकार्यतामा केन्द्रित यो प्रदर्शनको उद्देश्य लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सर्वप्रथम परिवारले नै स्वीकार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु भएको बताइएको थियो । प्रदर्शनीमा देशभरका समलिङ्गी, तेस्रोलिङ्गी, द्विलिङ्गी, बहुलिङ्गी आदिको सहभागिता थियो ।