साप्ताहिक संवाददाता
पछिल्लो समय नेपाली सिनेममा बिकेको एउटा संगीतकारको नाम हो– संगीतकार अर्जुन पोखरेल । उनले संगीत गरेका अधिकांश चलचित्र संगीत चर्चामा छन् । उनै अर्जुनको शब्द/संगीत रहेको अर्को गीत ‘तिमि रोएको पल’ लाई पनि उनका दर्शकले मन पराएका छन् । चलचित्र ‘ऐश्वर्य’ मा समावेश उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ ।
मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको फिल्म ‘ऐश्वर्य’ मा समावेश गीतलाई दर्शकले गरेको माया देखेर निर्माता रमेश उप्रेती दंग छन् । मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।
सुदीप बरालले खिचेको गीतमा चलचित्रका जोडी रमेश उप्रेती र दीपिका प्रसाईं देखिएको प्रेमलाई प्रस्तुत गरिएको छ । चलचित्र दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा निर्मल शर्मा सह– निर्माता रहेका छन् । फिल्ममा सम्पादन दिर्घ खड्का, संगीत अर्जुन पोखरेल र बिराज गौतम, कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीको रहेको छ । फिल्ममा रमेश र दीपिकासंगै केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।
तिमी रोएको पलको म्यूजिक भिडियो