साप्ताहिक संवाददाता
कार्यव्यस्तताका कारण पारिवारिक जीवनमा जान नचाहनेहरूको यौनजीवनलाई सुखद तुल्याउने उद्देश्यले वैज्ञानिकहरूले यौन खेलौनामा लगातार सुधार ल्याउँदै आएका छन् । हावा भरेर चलाउन मिल्ने यौन खेलौना विकाससँगै प्रारम्भ भएको यसको इतिहास अब मोबाइलबाट चलाउन मिल्ने यौन खेलौनासम्म पुगेको छ, अर्थात् चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेका छन् ।
चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेका हुन् । यो खेलौनाले बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म काम गर्छ । आकर्षक अनुहारमा तयार पारिएको यो यौन खेलौनाले आवाज सुनेर कुराकानीसमेत गर्छ । स्मार्टफोनको एप तथा प्ले स्टेसनवाट चलाउन मिल्ने यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझ्छ ।
चिनियाँ निर्माताहरूले पहिलो चरणमा चिनियाँ एवं जापानिज भाषा बोल्ने खेलौना निर्माण गरिए पनि पछि यसलाई अंग्रेजी भाषासमेत बुझ्ने बनाइने जानकारी दिएका छन् ।