साप्ताहिक संवाददाता
सुनिल श्रेष्ठ : रगत–पसिनाको सात महिनाको तलब माया मारेर ज्यान जोगाउँदै १० नेपाली स्वदेश फर्किए ।
सन्तोष पास : रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको र मेरो जन्मदिन पनि परेकाले आज रक्तदान गरियो ।
मगर पहिचान ग्रुप :
मायाबिनाको संसार र रगत नभएको जीवन शून्य हुन्छ ।
अनिल वाग्ले
पति : कहाँ गएकी थिइस्, यतिबेरसम्म ?
पत्नी : रक्तदान गर्न ।
पति : मेरो रगत पिउँदा–पिउँदा ओभरफ्लो भएर अब बाँड्न पनि थालिस् होइन ?
अञ्जु पन्त : मनले माया गरेको हुँ तिमीलाई, निर्दोष थियो मेरो मन किन दोष दिन्छ्यौ, न उसलाई काट्दा रगत आउँछ न त मारेर मर्छ ।
जीवन आचार्य : खान्छ मेरो, बनाउँछ रगत मेरै लागि, छातीमा जतनसँग जोगाएर राखेको छु हरेक क्षण तर धड्किन्छ चाहिँ अर्कैका लागि, गद्दार हो यो मुटु पनि ।
सुजन कार्की : मेरो रगत समूहको अभावका कारण यदि कोही अकालमा मरेको छ र म स्वास्थ्य बाँचिरहेको छु भने मलाई जेल हाल्नुहोस्, किनभने म अपराधी हुँ ।
सन्तु भट्टराई : युवाहरूको रगत–पसिनाको कमाइबाट भ्रष्टाचार गर्नेहरू यो स्वीकार्य छैनन् ।
नेपाली गजल :
हात काटेर रगत बगाउँदैमा माया हुँदैन
टाढा हुँदा पनि मनले मनको कुरा बुझ्छ भने त्यो माया हो ।
भरत अधिकारी :
रगत दिनेलाई प्रेम गर
आँसु दिनेलाई होइन
जीवन दिनेलाई प्रेम गर
धोका दिनेलाई होइन ।
रुद्र सुवेदी : रगतको साइनोभन्दा दिल र भावनाको साइनो नै ठूलो हुँदो रहेछ ।
निसान न्यौपाने :
राम्रो मानिससँग राम्रो गर्नु
तर राम्रोसँग कहिल्यै नराम्रो नगर्नु, किनभने
पानीले रगत सफा गर्न सक्छ तर रगतले रगत कहिल्यै सफा गर्न सक्दैन ।
शरद कुमार
बुझ्दैन यहाँ कसैले कसैलाई
चाहे सम्बन्ध होस् दिलको वा रगतको ।