साप्ताहिक संवाददाता
श्रावण ३२, २०७४
सभासद सिन्धु जलेशा वुढाथोकीले राष्ट्रिय भाव र तीज गीत बजारमा ल्याएकी छिन् । सिन्धुको आफ्नै शब्द तथा स्वर रहेको दुइ गीतका भिडियो पनि तयार भएको छ ।
एमाले नेता प्रदिप ज्ञवालीले सिन्धुको दुइ गीत सार्वजनिक गरेका थिए । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि सिन्धुको गीतको प्रशंसा गरेका थिए ।
सिन्धुले सार्वजनिक गरेको राष्ट्रिय भावको भिडियोलमा रमेश कोइरालाको निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन छ । तीजको गीतको भिडियोलाइ पनि यही टिमले निर्माण गरेको हो ।
बरि लै लै तीजको दिनैमाको म्यूजिक भिडियो :