साप्ताहिक संवाददाता
सन् २०११ मै मिस परीको उपाधि जितेर मोडलिङमा होमिएकी हिमानी सुब्बा यतिबेला कोरियोग्राफरका रूपमा सक्रिय छिन् । वर्षमा एक दर्जनभन्दा बढि सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिरहेकी हिमानी कुनै बेला हाम्रो नेपाल शीर्षकको टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्थिन् । देउरालीको दुई थुंगा फूलसहित आधादर्जन नाटकमा अभिनय गरिसकेकी हिमानी निकट भविष्यमै चलचित्र अभिनेत्रीका रूपमा समेत देखा पर्दै छिन् । हिमानीसंग गरिएको ग्याङ वार्ता :
तपाईंको ग्याङमा अहिले को–को छन् ?
अहिले हाम्रो ग्याङमा झन्डै आधादर्जन साथी छौं । सञ्चारकर्मी तथा मोडल कला सुब्बा, इभेन्ट म्यानेजर कमल खतिवडा, मेकअप आर्टिस्ट सुधा गुरुङ, मिसेज मंगोल–२०१६ सोनाम राई मेरो ग्याङका सक्रिय सदस्य हुन् ।
ग्याङका सदस्यहरू तपाईंसँग कसरी नजिक भए ?
कला सुब्बा मेरो आदर्श हुनुहुन्छ । कमल खतिवडा मेरो इभेन्ट पार्टनर हुनुहुन्छ । फोटोसेसन गर्ने क्रममा म मेकअप आर्टिस्ट सुधा गुरुङसँग नजिक भएँ । सोनाम राई चाहिँ एउटा सौन्दर्य प्रतियोगिताको विजेताका रूपमा हामीसँग नजिक हुनुभयो ।
ग्याङका सदस्यहरूसँग कुनै कुरामा असमझदारी पनि हुन्छ कि ?
असमझदारी मात्र होइन, कहिलेकाहिं त राम्रै मनमुटाव समेत हुन्छ । कार्यक्रमका क्रममा कमल
सरसँग असमझदारी भैरहन्छ । कला सुब्बा चाहिँ बढी व्यस्त भएकाले हाम्रो ग्याङको नियमित भेटघाटमा
छुट्नु हुन्छ ।
पुरानो ग्याङ कस्तो थियो ?
कलेज पढ्दा मेरो बेग्लै ग्याङ थियो । मोडलिङमा संघर्ष गर्दा अहिलेकी अभिनेत्री एनी कुँवरसँग राम्रै ग्याङ बनेको थियो । त्यसबाहेक मोडलद्वय नेहा पोखरेल तथा रमिला पोखरेल पनि मेरो पुरानो ग्याङमा हुनुहुन्थ्यो ।
ग्याङमा हुनै पर्ने तर छुटेको कोही छ ?
अभिनेत्री एनी गुरुङलाई म जहिले पनि मिस गरिरहेकी हुन्छु । उनी आफ्नो काममा व्यस्त भएकाले अहिलेको मेरो ग्याङमा आवद्ध हुन सक्नुभएको छैन ।
अहिलेको ग्याङमा अलि रिस उठ्दो साथी ?
कमलजी चाहिनेभन्दा बढी रिजर्भ हुनुहुन्छ । म बोलिरहनु पर्ने भएकाले नबोल्ने व्यक्ति ग्याङमा भएपछि रिस चाहिँ उठिहाल्दो रहेछ ।
हालै ग्याङमा सामेल कुनै सेलिब्रेटी महिला ?
मिसेज मंगोल–२०१७ की विजेता मेलिना मोक्तान तथा मिसेज हिमालयनकी विजेता अम्बिका तिमिल्सिना हाम्रो ग्याङ्मा आबद्ध हुने तयारी गर्दै हुनुहुन्छ ।