साप्ताहिक संवाददाता
भाद्र १, २०७४
गायिका ममता पोखरेल गौतम तथा गायक सुरेन्द्र महर्जन अमरको स्वरको यूगल गीत ‘जे होला होला...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राम कार्कीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु गायक महर्जनले नै रचना गरेका हुन् । सुगम संगीतमा आधारित उक्त गीत गायक महर्जनको १३ औं कृति ‘अमर’ मा समावेश छ ।
सरोज श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा विकास लामिछाने तथा रश्मि लामाले अभिनय गरेका छन् । विशाल प्रजापतिले छायांकन गरेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् ।
यस्तो छ जे होला होलाको म्युजिक भिडियो :