साप्ताहिक संवाददाता
bloodmembers.org
यो रक्तदाताहरूको समूह हो । ब्लड डोनर्स एसोसिएसनद्वारा सञ्चालनमा ल्याइएको यो वेबसाइटमा १ हजार ५ सय स्वयंसेवी रक्तदाता आबद्ध छन् ।
nepalbloodbank.org
चितवनका विकास बास्तोला आफैं नियमित स्वयंसेवी रक्तदाता हुन् । उनले आवश्यकता परेकाहरूलाई स्वयंसेवी रक्तदाता खोज्न सहज होस् भनेर नेपाल ब्लड बैंक डट ओआरजी सुरु गरेका हुन् । यो वेबसाइटमा जिल्ला र रक्तसमूहअनुसार दाता खोज्न सकिन्छ । त्यहाँ दाताहरूको सूची उनीहरूको फोन नम्बरसहित उल्लेख छ ।
youthforblood.org
विराटनगरका केही युवाहरूबाट सञ्चालित यो वेबसाइटमा हाल १५ हजारभन्दा बढी स्वयंसेवी रक्तदाता छन्, जसमा ती सबै स्वयंसेवी रक्तदाताको रक्तसमूहसहित फोन नम्बर समेत उपलब्ध छ ।
hamrodoctor.com/blood_donors
अनलाइन माध्यमबाट स्वास्थ्य सचेतना जगाउँदै आएको हाम्रो डाक्टर डटकमले पनि नेपालका स्वयंसेवी रक्तदाताहरूको फोन नम्बरसहितको विवरण उपलब्ध गराउँदै आएको छ । नेपालका चिकित्सक, अस्पताल एवं एम्बुलेन्सहरूको विवरणसँगै स्वयंसेवी रक्तदाताहरूको पनि विवरण प्राप्त गर्न सकिने यो एप्लिकेसनमा इच्छुक रक्तदाताले आफैं विवरण थपसमेत गर्न सक्छन् ।