साप्ताहिक संवाददाता
भाद्र ३, २०७४
तीज हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । विशेषत: हिन्दू महिलाहरूका लागि तीज धर्म र संस्कार मात्र नभै राम्रा पहिरन, गहना, चुरा, पोते, धागो, टीका आदि लगाएर शृंगारिने पर्वसमेत हो । रातो रंगलाई बढी प्राथमिकता दिइने यो पर्वमा अहिले पहिरन मात्र नभै एसेसरिजलाई पनि उत्तिकै महत्व दिन थालिएको छ ।
पहिरन
तीजका अवसरमा सारी, लेहंगा, कुर्ता–सुरुवाल तथा कुर्ती नै बढी लगाइन्छ । प्राय: भारत, पाकिस्तान र बंगलादेशबाट आयात गरिने यस्ता पहिरनको मूल्य १ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्छ ।