साप्ताहिक संवाददाता
भाद्र ३, २०७४
तीजमा राम्री देखिने चाहना पूरा गर्न केशको भूमिका पनि कम हुँदैन । यो गर्मी मौसममा मठमन्दिर गएर नाचगान गरिने भएकाले केश खुला छोड्न गार्हो हुन्छ । त्यसैले तीजको दिन केशलाई फेन्सी रोल गरेर सेट गर्नु सबैभन्दा सजिलो तथा राम्रो उपाय हो ।
हातैले केशलाई रोल गरेर जुरो बनाउँदा पनि सारी, कुर्तामा राम्रै देखिन्छ । जुरो बनाउन मन लाग्दैन भने केशलाई नयाँ स्टाइलमा बाटेर विचविचमा फ्लावर पिन अप गर्दा पनि रातो पहिरनसँग खुल्छ । तीजको व्रत टीन एजरहरू पनि बस्छन् । उनीहरूका लागि रफ हेयरस्टाइल आकर्षक देखिन्छ भने फेन्सी रोल तथा जापनिज जुरो राम्रो देखिन्छ ।
- सान्द्रा पुन,
ब्युटिक्लब, टंगाल तथा उडल्यान्ड कम्प्लेक्स, दरबारमार्ग