साप्ताहिक संवाददाता
तीजमा ट्रेन्डी तर हल्का मेकअप नै राम्रो देखिन्छ । यो समय वाटरप्रुफ मेकअपमा न्युड मेकअप उपयुक्त हुन्छ । न्युड मेकअप गर्दा दिनभरि सुन्दर देखिनुका साथै फेस्टिभ लुक्स पनि प्राप्त हुन्छ । भोकै नाच्दा यस्तो वाटरप्रुफ मेकअप बग्न नपाई जस्ताको त्यस्तै रहन्छ ।
के गर्ने ?
अनुहार क्लिन्ज गर्ने र सनब्लक, डे क्रिम वा मोइस्चराइजर लगाउने ।
छालाको टोनअनुसार फाउन्डेसन लगाउने ।
ब्रसको मदतले पाउडर लगाउने ।
पाउडर आँखा वरिपरि पनि राम्रोसँग लगाउने ।
आइब्रोलाई स्याडो ब्रसले हल्का ब्ल्याक कलर लगाएर सेप दिने ।
आइस्याडो लगाउँदा आइब्रो मुनि हल्का पहेंलो वा गोल्डेनले हाइलाइट गर्ने ।
आई बलमा गाढा र आइ कर्नरमा बढी गाढा रंगको स्याडो लगाउने ।
बीच भागतिर रेड र ग्रीन स्याडोले हाइलाइट गर्ने ।
मस्कारा प्रयोग गर्दा परेलाको रंग अनुसार ब्ल्याक वा ब्राउन भोल्युुम मस्कारा प्रयोग गर्ने ।
आईलाइनर प्रयोग गर्दा आँखाको भित्रबाट बाहिरतिर मसिनो हुँदै मोटो बनाउने ।
गालाको बोनलाई भन्दा तल हल्का पिंक कलरको ब्लसर लगाउने र चमक प्रदान गर्न ब्रोन्जर लगाउने ।
लिपिस्टक लगाउनुअघि अनुहारमा लगाइएको फाउन्डेसन वा कन्सिलर ओठमा हल्का रूपमा दल्ने ।
त्यसपछि लिपिस्टिक वा लिप ग्लस लगाउने ।
ओठलाई थप आकर्षक देखाउन लिपिस्टिक लगाएपछि हल्का गोल्डेन कलरको टच दिने ।
- लक्ष्मी श्रेष्ठ,
पल्स ब्युटिपार्लर, इन्दचोक