साप्ताहिक संवाददाता
कुनै समय सीमित समुदायले मात्र लगाउने मेहन्दी अहिले तीज लगायत साउन महिना, विवाह आदि समारोहमा शुभ प्रतीकका रूपमा लगाइन्छ । तीजका बेला आफ्नो इच्छाअनुसार रिसर्व, कोहिनूर, मारवाडी, राजस्थानी आदि कलात्मक डिजाइन लगाउन सकिन्छ ।
तीजमा महिलाहरूले आफ्ना हातखुट्टा सफा पनि देखाउन चाहने भएकाले सबैभन्दा राम्रो अरेविक मेहन्दी नै हुन्छ । यसको प्यार्टन फरक तथा सफा किसिमको हुन्छ । मेटालिक, फेब्रिक, गोल्डेन मेहन्दी फेन्सी डिजाइनको मेहन्दी मानिन्छ । ग्लिटर टाटु, ब्ल्याक, ब्राउन मेहन्दी टेम्पररी टाटुज हुन् । त्यसैले तीजमा कुन मेहन्दी लगाउने हो छानेर मात्र लगाउनुपर्छ ।
नङको सौन्दर्य बढाउन नेल एक्सटेन्सन तथा नेल आर्टका विभिन्न विधि उपलब्ध छन् । तीजका लागि जेल नेल एक्सटेन्सन उत्तम हुन्छ । यो आकर्षक तथा प्राकृतिकसमेत देखिन्छ । फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । फ्रेन्च नङलाई आकर्षक देखाउन नेल आर्ट गराउन सकिन्छ ।
नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । तुलनात्मक नेल आर्ट केही सस्तो पनि पर्छ । पर्मानेन्ट नेल आर्ट भने व्यस्त रहने महिलाहरूका लागि उपयुक्त हुन्छ । पर्मानेन्ट नेल आर्ट सफा, डिसेन्ट, स्टान्डर लुक्स दिने किसिमको हुन्छ । पानी खेलाउँदा वा लुगा धुँदा पनि यो आर्ट हत्तपत्त जाँदैन ।
- कृसब त्वानाबासु
जुम ब्युटिपार्लर, कुपनडोल