साप्ताहिक संवाददाता
भाद्र ५, २०७४
आज कुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । आजको दिनमा हरेक छोराछोरीले आफ्नो क्षमताले भ्याए अनुसार आफ्ना बाबुलाई बिभिन्न उपहार दिने र बाबुको मुख हेर्ने चलन छ । बाबु–आमालाई भगवान सरह मानिन्छ । यहि बिम्बलाई टिपेर धेरै साहित्यकारहरुले आमाका बारेमा थुप्रै सिर्जना भएका छन् । तर, बाबुका बारेमा निककै कम सिर्जना कोरिएका छन् ।
त्यसमाथि पनि गीतकै रुपमा सिर्जना बाहिर आएकै छैनन् भन्दा पनि हुन्छ । यस पटक भने कुसे औँसीको अवसर पारेर कवि निरा शर्माको चर्चित कविता ‘आमालाई धर्ती भन्नेहरुले बा लाई आकाश भनेनन्’ लाई संगीतकार हरि लम्सालले संगीतबद्ध गरेर बाहिर ल्याएका छन् । यो कविताको भिडियो समेत सार्वजनिक भएको छ । आज धेरैले आफ्ना बाबु प्रति सर्मित गर्दै उक्त भिडियो शेयर समेत गरेका छन् ।
बालाई आकाश भनिएनको म्यूजिक भिडियो :