साप्ताहिक संवाददाता
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका पनि केही प्रान्तमा मनाइन्छ । तीज गर्मी मौसममा पर्ने भएकाले हल्का पहिरन नै रोज्नुपर्छ ।
गायिका इन्दिरा जोशी, मोडल पार्वती राई, नायिका रिमा विश्वकर्मा
पहिले विवाहिता महिलाहरूले तीजका दिन वा दरका कार्यक्रमहरूमा साडी नै लगाउनुपर्छ भन्ने मान्यता थियो तर अहिले साडीका साथमा लङ कुर्ता पनि धेरैको रोजाइमा पर्न थालेको छ । यस्ता लङ कुर्ती लेगिन्स, प्लाजो, चुज पाइन्ट, लेहेंगा स्कर्टदेखि जिन्सहरूमा समेत आकर्षक देखिन्छन् ।
नायिका स्वस्तिमा खड्का, गायिका मञ्जु पौडेल, मोडल सम्पदा बानियाँ
त्यसमाथि महिला सेलिब्रेटीका लागि पनि तीजले खास अर्थ राख्छ । सधैं छोटा पहिरनमा देखिन प्राय महिला सेलिब्रेटी तीजमा भने कलरफुल पुरा पहिरनमा बाहिर निस्कने, फोटो सेसन गर्ने गर्छन ।
गायिका सुनिता दुलाल, गायिका वली, मोडल प्रतिमा गिरी