मकाउमा सम्पन्न ग्लोबल क्लासिक ईन्भिटेसनल बडिबिल्डिङ् एण्ड च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको छ । ईन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङ् एण्ड फिटनेश अन्र्तगत आयोजना गरिएको प्रतियोगितामा नेपालबाट मेन्स बडिबिल्डिङ तर्फ भिमकुमार राई, ईन्द्र सापकोटा र मेन्स फिजिक्स तर्फ खगेन्द्र धमालाले सहभागिता जनाएका थिए ।
१८ देशका १७३ प्रतियोगी सहभागी खेलमा आफ्नो तौल समुह तर्फ खगेन्द्र धमालाले रजत पदक जितेका हुन् । मकाउ स्थित भब्य द भेनिसियन हलमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट टिम वर्कको उपाधी पनि नेपालकै पोल्टामा पर्यो । मकाउ फेडरेशन बडिबिल्डिङ्का अध्यक्ष श्रृजन (बाबा भाई) ले उत्कृष्ट टिमको स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरे । आयोजकका तर्फबाट चुकवाङ् मानले सो पदक प्रदान गरेका थिए ।
प्रतियोगितामा ईन्टरनेशनल बडिबिल्डिङ् एण्ड फिटनेस (आईएफबीबी) नेपालका लागि अन्तराष्ट्रिय प्रेसिडेन्ट लोकेन्द्र परियार, मकाउ, आईएफबीबी नेपाल अन्र्तराष्ट्रिय जज विश्वबहादुर थापा, बोधबहादुर खड्का लगायतको सहभागीता थियो ।
प्रतियोगिताको ओभरअल च्याम्पियनसिप फिलिपिन्सका जोन गेलिडोले भएका थिए ।