साप्ताहिक संवाददाता
संयम पुरीको अभिनयले मात्र सम्हालिएको छ यो चलचित्र (ग्याङटार ब्लुज) । नत्र त के हो, के हो जस्तो लाग्छ ।
- रन्जु लामा
बढीपहिरोका कारणले पनि उति रौनक नछाएको होला (यात्रा सन्दर्भ : सामाजिक सन्जालको जन्जाल) देशको अवस्था पनि त्यस्तै निराशाजनक छ ।
- कर्ण शाही
सात वर्षपछि आफ्नै देशमा तीज मनाउन लाग्नुभएकोमा कोमल वलीलाई बधाई छ (अन्तरवार्ता : महादेवले साइत जुराएको दिन बिहे हुन्छ) तर, अझै पनि विवाहको साइत नजुरेकोमा भने भने अचम्म लागिरहेको छ ।
- दीपक लामिछाने
कति राम्रो सोच भएका कलाकार (सीताराम कट्टेल ‘धुर्मुस’ को बाढी अनुभव) । सामाजिक सञ्जालमा धेरै समय बिताउनुभन्दा घटनास्थलमा प्रत्यक्ष उद्धार गर्न जाने उनको कामको जति प्रशंसा गरे पनि कम हुन्छ ।
- आशुतभ राइ, धनीराम पाण्डे, फुुच्ची म
हरेक कुरामा परिवर्तन आइरहेको छ (बहस : तीजका सम्बन्धमा युवा महिला) । पश्चिमाहरूको फेसन पछ्याउनुभन्दा आफ्नै संस्कृति अँगाल्न सक्नुपर्छ ।
- परमानन्द बराल
भूकम्प जाँदा कतिले विपद्को त्यो क्षणलाई कमाउने बाटो बनाएका थिए (गजुरियल विश्लेषण : विपद् कसैको कमाउने माध्यम नबनोस्) । अहिले बाढीपीडितहरूका नाममा पनि कतिले रकम उठाइरहेका छन् । सरकारले कडा निगरानी गर्नु जरुरी छ ।
- पदम भण्डारी
देशमा कतै विपद् आइपर्दा आखिर जनताकै सहयोग चाहिन्छ (युवा मन : जनताका लागि जनता) । सरकारको मुख ताकेर मात्र हुँदैन । जनता आफैं पनि जागरूक हुनुपर्छ ।
- राज दाहाल
लोप हुँदै गएका यस्ता नाचको जगेर्ना गर्नु जरुरी छ (लाखेनाच प्रतियोगिता) । हामीले आफ्नौ मौलिक परम्परा एवं संस्कृतिलाई जोगाउनुपर्छ ।
- सुमन प्याकुरेल
ह्यान्डसम हंक नेपाल–२०१७ को उपाधि जितेकोमा निपुनराज श्रेष्ठजीलाई बधाई छ (ह्यान्डसम हंक नेपाल–२०१७) । अन्य प्रतिस्पर्धामा पनि जित हात पार्नुहोला— शुभकामना ।
- राजेन्द्र सापकोटा
आफू जहाँ रहे पनि नेपाली संस्कृति नभुल्नुहोला (विदेशमा तीज) । परदेशमा रहे पनि नेपाली, भाषा, संस्कृति एवं चाडबाडमा रमाउनुहोला ।
- नेहा भट्ट
महँगो रकम खर्चिएर तीज मनाउनुभन्दा मितव्ययी बन्नु उचित हुन्छ (तीजको बदलिँदो अर्थशास्त्र) । तीज गीतमा पनि विकृति बढेको छ, यो क्रम रोकिनुपर्छ ।
- देवेन्द्र खनाल
मिस नेपाल निकिता चाण्डकको रहर पूरा होस् (निकिताको रहर) । चलचित्रमा पनि उनको भूमिका अब्बल रहोस्— शुभकामना ।
- रवीन्द्र थपलिया
धुर्मुसको बाढी अनुभव उत्कृष्ट छ ।
- सन्तोष बराल
मनोज गजुरेललाई ट्रम्पको भूमिका सुहाएको छ (फटाफट : ट्रम्प बन्न दुईमहिने होम ट्युसन लिइयो) । यसमा उनको मेहनत झल्किन्छ र त्यसअनुसार उनले दर्शकको पनि राम्रै प्रशंसा पाएका छन् ।
- राजेश घिमिरे
यस्ता कार्यक्रम अझै गर्दै जानुहोस् (विकेन्ड लाइभ : बाढीपहिरो पीडितको सहयोगमा) । हामी सबैले बाढीपहिरोपीडितहरूलाई सकेको सहयोग गरौं ।
- अनिल थापा
अभिनेत्रीहरूको तीज रमाइलो लाग्यो (प्रसंग : अभिनेत्रीहरूको तीज) । आखिर सबैको आ–आफ्नो आस्था न हो । आफ्नै हिसाबले मनाउने छुट पनि छ ।
- हरि आचार्य
वरिष्ठ गीतकार रत्नशमशेर थापालाई बधाई (म्युजिक डायरी : गीतकार थापा सम्मानित) । तपार्इंका कालजयी गीत सधैं बाँचिरहनेछन् ।
- विश्व खनाल