साप्ताहिक संवाददाता
नमूना कलेज अफ फेसन टेक्नोलजीका १२ औं ब्याचका ५७ जना विधार्थी डिजाइनरहरुको सृजनशील अभिव्यक्तिको मुल्यांकन भएको छ । यी डिजाइनरहरुले मरिन लाइफ अर्थात् समुद्री जीवनमा आधारित पहिरनहरु तयार पारेका छन् ।
क्रिएटिभ शीर्षक अन्तर्गत उनीहरुले तयार पारेका पहिरनशैलीको नमूना स्वरुप ‘स्वाच वर्क’ लाई फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र अल्पजा राजभण्डारी, जर्मन फेसन डिजाइर स्टेला मारिस हाफेली, गायत्री पस्मिनाका विवेकानन्द मिश्र, ब्ल्याक फेसन इन्डस्ट्रीका भिम कुमार गिरी, कान्तिपुर पब्लिकेसनका ब्रान्ड म्यानेजर अचल राज सत्यालले मुल्यांकन गरेका थिए ।
नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १२ औं ब्याचका विधार्थी डिजाइनरहरुको ग्राजुएसन फेसन शो तथा परिक्षा अन्तर्गतको यो मुल्यांकन चरणको अन्तिम लेखाजोखा यही भदौ १७ गते शनिबार सम्पन्न हुने फेसन शोबाट हुादैछ । ‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत संचालन हुने यो फेसन शोमा क्रिएटिभ राउन्ड बाहेक अन्य पााच विभिन्न प्रस्तुति पनि समेटिएको थियो. ।
जसमा लोलिता फेसन, इन्डो वेस्र्टन, ब्युटी क्वीन, कर्पोरेट र स्ट्रीट वेयर शैलीबाट प्रभावित कलेक्सनलाई प्रदर्शन गरिनेछ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन हुने यो फेसन शोमा रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत महिला र पुरुष गरी तीन दर्जन भन्दा बढी मोडलहरु र्याम्पमा पहिरन प्रदर्शन गदै ओहोरदोहोर गर्नेछन् ।