साप्ताहिक संवाददाता
निर्देशक : मिलन लथुरिया संगीत : अंकित तिवारी, तनिष्क बागची, कबीर क्याफ, नुसरत फतेह अलि खान । कलाकार : अजय देवगन, इमरान हाशमी, इलियाना डिक्रुज, ईशा गुप्ता आदि ।
अहिलेको परिस्थितिमा बलिउड स्टार अजय देवगनलाई एउटा सुपरहिट चलचित्रको खाँचो छ । यता किसिङ स्टार इमरान हाशमीले पनि सफल चलचित्र नदिएको धेरै भैसकेको छ । यी दुई बलिउड स्टार अभिनित एक्सन, रोमान्टिक एवं राजनैतिक पृष्ठभूमिमा निर्मित चलचित्र बादशाहो आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
सन् १९७५ मा भारतका विभिन्न राज्यका राजाहरूमा यी एउटा आपत आइलागेको थियो । भारत सरकारले उनीहरूसँग उनीहरूको सम्पत्ति विवरण मागेको थियो । राजपरिवारकी एउटी सदस्य इलियानाको करोडौंको गरगहना सरकारले कब्जामा लिएपछि उनले त्यसलाई फिर्ता गर्न भाडाका गुण्डा अजय देवगनलाई अराउँछिन् ।
अजयले त्यसका लागि आफ्ना सहयोगी इमरान हासमीको सहयोग माग्छन् अनि उक्त समूहमा जोडिन पुग्छिन इशा गुप्ता पनि । यी तीन जनाले सरकारको उच्च सुरक्षामा रहेको इलियानाको सम्पत्ति कसरी फिर्ता ल्याउँछन् वा ल्याउन सक्दैनन् भन्ने कुरा चाहिँ चलचित्र बादशाहो हेरेपछि मात्र भन्न सकिन्छ ।