साप्ताहिक संवाददाता
भाद्र १६, २०७४
आज शुक्रबार पोखरामा कट्टु पार्टी हुँदैछ । म्युजिक डेस्टिनी इन्टरटेन्मेन्टद्वारा आयोजित पुल साइड कट्टु पार्टीमा प्रवेश गर्न हाफ पाइन्ट तथा सिल्पर्स अनिवार्य गरिएको छ ।
दिउँसो ३ बजे पोखरा, चाउथेस्थित रोयल पाम रिसोर्टमा सञ्चालन हुने यो पार्टी बेलुका ९ बजेसम्म चल्नेछ जहाँ डिजे तामा तथा डिजे अर्पणाको डिजेइङमा रम्दै गुड फ्राइडे मनाउन पाइनेछ । कार्यक्रममा प्रवेश गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्नेछ भने जोडीको हकमा ५ सय मात्र तिरे पुग्नेछ ।
नेपालका सातवटा सहरमा सञ्चालन हुने चौथो संस्करणको यो पुल साइट कट्टु पार्टी भोलि भदौ १७ गते शनिबार चितवन, भदौ २३ गते रुद्रपुर, २४ गते नेपालगन्ज, ३० गते बुटवल, असोज ६ गते इटहरी तथा असोज ७ गते बिर्तामोडमा आयोजित गरिने आयोजकहरूले बताएका छन् ।