साप्ताहिक संवाददाता
भाद्र १६, २०७४
न्युयोर्कको सेरेनडिपिटी थ्री रेस्टुराँ सर्वाधिक महँगो परिकार तयार पार्ने रेस्टुराँ हो । सर्वाधिक महँगो बर्गर पाइने उक्त रेस्टुराँले सर्वाधिक महँगो डेजर्ट पनि आफ्नो मेनुमा राखेको छ ।
फ्रोजन हट चकलेट डेजर्टलाई आइस क्रिम सुन्डेका रूपमा ग्राहकलाई सर्भ गरिन्छ । २८ वटा कोकाजमा सर्वाधिक महँगा १४ किसिमका खानेकुरा राखेर सुनको पत्रको लेप लगाइन्छ ।
सुन्डेको तल्लो भागमा १८ क्यारेट सुनको ब्रासलेटमा १ क्यारेटको हीरा जडान गरिएको हुन्छ । सुनौलो थालमा राखिएको यो डेजर्ट सुनको चम्चाले खाइन्छ । यो परिकारको मूल्य २५ हजार डलर छ ।