साप्ताहिक संवाददाता
भाद्र २५, २०७४
गायक प्रमोद खरेलले पछिल्लो समय गाएको एउटा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेल र सिर्जु अधिकारीको स्वर रहेको गीतमा सिर्जुको संगीत तथा बिषम गौतमका शब्द रहेका छन् ।
अष्ट्रेलियामा छायाँकन गरिएको गीतको म्यूजिक भिडियोमा गीतका स्वयमले अभिनय गरेका छन् । गौतमलाई भिडियोमा जोडीका रुपमा साथ दिएकी छिन् रुविना श्रेष्ठले ।
जीवन रसाइलीको निर्देशन, छायांकन तथा सम्पादन रहेको म्यूजिक भिडियो रोमान्टीक धारमा निर्माण गरिएको छ ।
फुच्चीको म्यूजिक भिडियो