भाद्र २५, २०७४
विश्व फेसनको राजधानी मानिने पेरिसमा नभएको कुरा भनेकै निर्वस्त्र हिँड्डुल गर्न पाइने पार्क नहुनु हो । खानपिन र घुमफिरमा स्वच्छन्दता रुचाउने फ्रेन्च नागरिक एवं पर्यटकहरूलाई सजिलो होस् भनेर फ्रान्सले ४ सयवटा समुद्री तटमा निर्वस्त्र घुमफिर गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
सरकारको अनुमानित तथ्यांकअनुसार अहिले फ्रान्समा २५ लाख मानिस निर्वस्त्र हिँड्डुल गर्न चाहने खालका छन् ।
यस्तो अवस्थामा पेरिसमा न्युडिस्ट पार्क नहुनु भनेको फ्रेन्चहरूलाई पनि लाज लाग्ने विषय थियो । विश्वकै ध्यान आकर्षित गर्ने पेरिस आउने पाहुनादेखि स्थानीय नागरिकहरूले निर्वस्त्र हिड्डुल गर्न पाउनुपर्ने मागमा सरकारले बल्ल आएर सुनवाइ गरेको छ भने चरा संरक्षण गर्न सञ्चालनमा राखिएको भिन्सेनिस पार्कलाई न्युडिस्ट पार्कमा परिणत गरिएको छ ।