साप्ताहिक संवाददाता
भाद्र २६, २०७४
गायक तथा संगीतकार तुला पर्वतको नयाँ गीत ‘पिउिँदा पिउँदै’ फाट्यो जिन्दगीको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर र संगीत र अभिनय समेत तुलाको रहेको छ ।
सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालले अभिनयमा तुलालाई साथ दिएकी छिन् । गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने सन्देश दिन खोजेको भावना सामेटेर गीतकार झकेन्द्र शर्माले गरेका शब्द शृजनामा तुलाको गायकी गज्जब सुहाएको छ ।
निर्देशक युवराज वाइवाले निर्देशन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका छन् । गीतमा किरण कँडेलको एरेन्ज रहेको छ भने गीतको अडियो तथा बजार ब्यबस्थापन वाइड स्क्रिन मिडियाले गरेको छ ।
पिउँदा पिउँदैको म्यूजिक भिडियो