साप्ताहिक संवाददाता
भाद्र २७, २०७४
लामो समयको मनमुटावको अन्त्य गर्दै अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलले जोडीका रुपमा काम गरेको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ । करिब साढे दुई मिनेट लामो ट्रेलरमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट सबै पक्षलाई समावेश गरिएको छ ।
रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । चलचित्रमा रेखा र आर्यनका साथमा टिका पहारी, राजन ईशान लगायत कलाकारहरुको अभिनय रहेको छ ।
संजय लामाको छायाँकन रहेको चलचित्रमा सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । यो चलचित्र मार्फत रेखा र आर्यनले ८ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका गरेका हुन् ।
रुद्रप्रियाको ट्रेलर