साप्ताहिक संवाददाता
भाद्र ३०, २०७४
कुनै समय विश्व महिला टेनिसको वरियताक्रमको शीर्ष स्थानमा रहेकी मारिया सारापोभा अहिले १४६ औं स्थानमा छिन् । शक्तिवर्धक औषधि सेवन गरेको अभियोगमा सारापोभामाथि १५ महिना लामो प्रतिबन्ध लगाइएको हो । अस्ट्रेलियन ओपन खेलेपछि लागेको प्रतिबन्धपश्चात् उनी पहिलो पटक अमेरिकन ओपन ग्रान्डस्ल्यामीमा उत्रिएकी थिइन् ।
सन् २००६ को अमेरिकन ओपन विजेता सारापोभालाई यसपटक सोझैं वाइल्ड कार्डमार्फत दोस्रो चरणमा प्रबेश गराइएको थियो । प्रतिबन्ध पछिको पहिलो ग्राण्डस्ल्याम खेलमा सिमोनालाई पराजित गरेर आफ्नो राम्रो कमब्याकको संकेत दिइन् सारापोभाले ।
करिब २४ हजार दर्शकको उपस्थिति रहेको उक्त खेल जितेपछि सारापोभाले घुँडा टेकेर दर्शकहरूलाई अभिनन्दन गरेकी थिइन् । उक्त खेल जितेर पनि आँसु झारेकी सारापोभाको यूएस ओपनको यात्रा राउन्ड १६ सम्म पुगेको थियो ।