साप्ताहिक संवाददाता
जुत्ता नै हो । ६० प्रतिशत छुटमा पाउँदा पनि ४ हजार ६ सय रुपैयाँ परेको थियो । पसलको नाम चाहिँ नभनुँ कि ?
- प्रदीप भट्टराई, निर्देशक
अहिले त भन्नु हुन्न, अरूले खिसी गर्लान फेरि ।
- अजय अधिकारी सुशील, गायक
मेरो धेरैजसो सपिङ दरबारमार्गमै हुन्छ । एक महिनाअघि मैले अरमानीको घडी ८० हजार रुपैयाँ र सनग्लास १३ हजार रुपैयाँमा किनेको थिएँ । अब त्यसमा कति ठगिए त्योचाहिँ थाहा भएन ।
- दीपक घिमिरे, अभिनेता/मोडल
एक वर्षअघि आइफोन सेभेन प्लस १ लाख ३० हजार रुपैयाँमा किनेको थिएँ । आइफोन त अन्तर्राष्ट्रिय मूल्यमै पाइन्छ नि होइन ?
- आमेश भण्डारी, अभिनेता
एक बकेट केएफसीको चिकेन, २ हजार ८ सय रुपैयाँमा ।
- गजित बिष्ट, अभिनेता
छ वर्षअघि पर्स किनेकी थिएँ, ३ हजार ५ सय रुपैयाँमा । धन्य म त्यहाँ नियमित जान्न ।
- सिर्जना सुब्बा, नाट्यकर्मी
दरबारमार्गतिर सामान महँगो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । त्यसैले मैले अहिलेसम्म दरबार मार्गमा कुनै सामान किनेको छैन । कहिलेकाहीँ दरबारमार्गस्थित केएफसीचाहिँ जाने गरेको छु ।
- केदार घिमिरे माग्नेबुढा, अभिनेता
गरिब मान्छेको त्यस्तो महँगो ठाउँमा किन्ने हैसियत नै कहाँ हुन्छ र हजुर ?
- सुरेन बसेल, नृत्य निर्देशक
म अरू जस्तो ब्रान्डेड खोजेर हिँड्दिन । १२ वर्षअघि क्रोकोडायलको टिसर्ट किनेको थिए, १ हजार २ सय रुपैयाँमा ।
- गजेन्द्र बुढाथोकी, सञ्चारकर्मी
गएको थिएँ किन्न, तर त्यहाँ सामानको भाउ होइन, ठाउँको भाडा जोडिन्छ । सामान नकिनी फर्किए ।
- गोपाल ढकाल छन्दे, हास्य अभिनेता
एक महिनाअघि १२ हजार ५ सय रुपैयाँ तिरेर बेन्टलीको जुत्ता किनेको थिएँ । अहिले ठगिएँ जस्तो पो लाग्दैछ ।
- धीरज तण्डुकार, इभेन्ट आयोजक
एक वर्षअघि ४ हजार २ सयको सर्ट तथा ४ हजार ७ सय रुपैयाँको पाइन्ट किनेको थिएँ । साप्ताहिकमा जवाफ छापिएपछि अब पैसा फिर्ता पाइन्छ कि ?
- दीपक आचार्य, अभिनेता
हेर्दै महँगो लाग्छ, त्यसैले अहिलेसम्म मैले केही किनेको छैन ।
- बनिष शाह, चलचित्र सम्पादक
धेरै वर्ष पहिलेको दसैंमा एकजोर जुत्ता किनेको थिएँ । खनखनी गनेर १५ हजार रुपैयाँ तिरेको थिएँ । खास दाम कति रहेछ भन्ने बल्ल थाहा हुँदैछ । बरु त्यहाँभन्दा रत्नपार्कको फुटपाथमा किनेकै विश्वासिलो हुन्थ्यो होला ।
- विल्सनविक्रम राई, हास्य अभिनेता
पोहोर साल १० हजार रुपैयाँमा जुत्ता किनेको थिएँ । अहिले मुर्गा भइएछ जस्तो लाग्दैछ ।
- विकास सुवेदी, म्युजिक भिडियो निर्देशक
दुई महिनाअघि ११ हजार रुपैयाँमा जिमी चुको ब्राण्डेड पर्फयुम किनेकी थिएँ भने एक वर्षअघि १४ हजार रुपैयाँमा एडिडासको जुत्ता र ४ हजार ५ सय रुपैयाँ मा पोलाराइज्ड गगल्स किनेकी थिएँ ।
- सिर्जु बराल, मोडल
पहिले किनेको त बिर्सिए । अस्ति भर्खर ३ हजार ५ सय रुपैयाँको चप्पल किनेको थिएँ । बरु वास्तविक मूल्य कति पो थियो कुन्नी ? ३५ दिन त टिक्ला नि ?
- अविरल थापा, लेखक
धेरैपछि केही मिल्ने साथीहरूसँग भेट भएको थियो । उनीहरूसँग दरबारमार्ग घुम्दै जाँदा एउटा पसलमा राम्रो घडी देखेँ । ५–७ हजार त पर्ला नि भनेर सोध्न गएँ । लगाएर हेर्दा साथीहरूले निकै सुहायो भनेपछि काउन्टरमा बिल तिर्न लगियो । त्यसको मूल्य त ८६ हजार रुपैयाँ पो रहेछ । म त्यति महँगो किन्न चाहन्नथेँ । साथीहरूले यो त गायक हो भनेर झन हल्ला गरिदिए । पसलेले गायक जस्तो सेलिब्रेटीलाई त झनै सुहाउँछ भन्दै ७५ हजार रुपैयाँ सम्ममा घडी दिने भए । म परेँ फसादमा । गोजीमा थियो जम्मा १० हजार रुपैयाँ । इज्जत जोगाउनै गाह्रो भयो । चौतर्फी दबाबमा परेपछि इज्जत जोगाउनका लागि भए पनि बैंकबाट पैसा झिकेर घडी किनेँ । त्यही हो मेरो दरबार मार्गको महँगो सपिङ ।
- कृष्ण काफ्ले, गायक
आफू त फाटेको जुत्तावाला परियो, दरबार मार्ग तिरका जुत्ता तथा अन्य सामानको खासै वास्ता गरिन्न ।
- निकेश खड्का, निर्देशक
तीन वर्षअघि घडी किनेकी थिएँ । ठ्याक्कै २७ हजार रुपैयाँ परेको थियो । अहिलेसम्म चलिरहेकै छ ।
- कृति खरेल, मोडल
एक महिनाअघि मिस डियोरको पर्फ्युम १२ हजार रुपैयाँमा किनेकी थिएँ । एन्टाको सो रुमबाट १२ हजार रुपैयाँमै डाउन ज्याकेट पनि खरिद गरेकी थिएँ । किन सोध्नुभयो, तपाईंले किनिदिने हो की ?
- सुरविना कार्की, अभिनेत्री
म विराटनगरमै सपिङ गर्छु, नभए बोर्डर पारी जोगवनीमा । काठमाडौं आएका बेला केही मनपर्यो भने किन्छु । तीन महिनाअघि दरबार मार्गमा उडल्याण्डको जुत्ता १२ हजार रुपैयाँमा किनेको थिएँ ।
- शेखर बगाडिया, गायक
मलाई दरबार मार्गका सोरुमको महँगो मूल्यप्रति पहिलेदेखि नै शंका थियो । त्यसैले पनि मैले अहिलेसम्म त्यहाँ केही किनेको छैन, धन्न जोगिएछु ।
- विशाल भण्डारी, निर्देशक
स्कुटरमा हिँड्न हल्का खालको विन्डचिटर किन्न गएकी थिएँ । ७ हजार भन्थ्यो, ६ हजार रुपैयाँमा लिएर आएकी थिएँ । त्यसपछि खासै केही किनेकी छैन ।
- अनिता चलाउने, गायिका
तीन वर्षअघि विइङ ह्युमेनमा ५ हजार रुपैयाँ तिरेर टिसर्ट किनेको थिएँ ।
- ध्रुव दत्त, अभिनेता
गएको महिना जुत्ता किनेको थिएँ साढे ७ हजार रुपैयाँमा । साढे सात कै दशा लागेर किनेको थिएँ कि क्या हो ?
- सौरभ अधिकारी, मोडल