साप्ताहिक संवाददाता
मिस एभरेष्ट नेपालको यो वर्षको उपाधि दिप्ती श्रेष्ठले जितेकी छिन् । गत साता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस एभरेष्ट नेपाल २०१७ नामक सौन्दर्य प्रतियोगितामा फोटोजेनिक र स्टाईलिस विधाको अवार्ड सहित दिप्तीले विजेताको ताज चुम्न सफल भएकी हुन् । प्रतियोगितामा दिप्ती न्यौपाने कन्फिडेन्ट अवार्ड सहित फस्ट रनर अप तथा अन्जिता कँडेल बब्ली र पपुलर विधाको अवार्ड सहित सेकेन्ड रनरअप घोषित भएका छन् ।
भवानी इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको सो प्रतियोगितामा अलिशा डाँगी डिसिप्लीन, सिफरा मगर बेष्ट वाक र मिस पङ्चुअल, पासाङ ल्याम्हु शेर्पा बेष्ट हेयर, रितिका डंगोल मिस पर्सनालिटि, सोनु गिरी बेष्ट स्माईल, आस्मा के.सी. बेष्ट स्किन, सुचित्रा कार्की मिस ट्यालेन्ट, वर्षा लामिछाने मिस फ्रन्डशिप तथा अनिषा तामाङ अर्गनाईजर च्वाइस विधामा विजेता चयन भएका थिए ।