साप्ताहिक संवाददाता
अहिले नेपाली सिने जगरीमा चलचित्र ‘छक्का पञ्जा २’को निक्कै चर्चा छ । कलाकार, ब्यानर र गीत संगीतका कारण कहिले चर्चा त कहिले विवादलाई छिचोल्दै यो चलचित्र अबको ८ दिनमा प्रदर्शन हुँदै छ । चलचित्र प्रदर्शको ८ दिन अगावै यस चलचित्रमा समावेश एक गीतले युट्युबमा एक करोड भ्यूज पाएको छ । गीत सार्वजनिक सँगै विवादमा परेको ‘ए दाजु नसमाऊ नाडीमा, हीलो लाग्ला नाइलनको साडीमा’ बोलको गीतलाई युट्युबमा एक करोड पटक हेरिएको हो ।
गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप पुरुष ढकाल फिचरिङ छन् । प्रिन्स र दीपकराज गिरीको शब्द रहेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ ।
असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रको निर्माण दीपकराज गिरीले गरेका छन् । अहिले चलचित्र यूनिट नेपालका विभिन्न शहरमा चलचित्र प्रचारका लागि जुटेका छन् ।
ए दाजु नसमाऊ नाडीमाको म्यूजिक भिडियो