नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् ।
पुरुषका लागि
विवाहित पुरुषका लागि विभिन्न डिजाइन तथा रंगका हाफ तथा फुल टि–सर्ट तथा सर्टहरू बजारमा उपलब्ध छन् भने युवाहरूका लागि चेक सर्ट उपलब्ध छन् । यस्ता पहिरन बजारमा १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी पुरुषकै लागि जिन्स, कटन, सिल्क आदि मटेरियलका विभिन्न डिजाइनका पाइन्टको मूल्य १ हजार ४ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पर्छ । पहिरनबाहेक बजारमा पुरुषका लागि विभिन्न रंग तथा डिजाइनका जुत्ता पनि उपलब्ध हुन्छन् ।
चीन, भियतनाम तथा थाइल्यान्डबाट आयात हुने जुत्ताको मूल्य २ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म पर्छ । पुरुषकै लागि क्याजुअल, फर्मल तथा इनफर्मल ब्याग पनि उपलब्ध छन् जसको मूल्य ८ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्छ भने ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा बेल्ट पनि खरिद गर्न सकिन्छ ।
पाइने स्थानहरू
ट्रेन्डी गल्र्स एन्ड किड्स
वेयर, कुमारीपाटी, ललितपुर
ग्रिन सेफल
कुमारीपाटी, ललितपुर
कायरा बुटिक,
सिटी सेन्टर, काठमाडौं