साप्ताहिक संवाददाता
आश्विन ४, २०७४
राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा शुक्रबार नेपाली सुगम संगीतका ‘मेलोडी किङ’ स्वरुपराज आचार्य प्रस्तुत भए । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामको एकल साँझमा प्रस्तुत भएका स्वरुपले करिब दुई दर्जन आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए ।
आफ्नो पिताको सदावहार लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आाखा’बाट गायनको सुरुवाग गरेका स्वरुपराजले त्यसपछि हजार आँखा हेर्ने, मुटुजलिरहेछ, जति चोट दिन्छौ, ढलें म ढलें, काडाँ त बिझ्यो बिझ्यो, धेरै माया दिँदा रैछन्, शायद मायामा फसें कि, पागल म बन्न, सोल्टिनी सोल्टिनी, बल गरेरलगायतका गीत प्रस्तुत गरेका थिए ।
रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सयुक्त रुपमा सञ्चालन गरेको उक्त गजलबारमा स्वरुप पहिलो पल्ट एकल रुपमा प्रस्तुत भएका हुन् ।