साप्ताहिक संवाददाता
आश्विन ४, २०७४
नेपाल सरकारका उपसचिव नारायण खतिवडाका ‘सम्झनाका पाइलाहरु’ लिएर आएका छन् । उनको गीति संग्रह सम्झनाका पाइलाहरु राजधानिमा विमोचन भएसँगै उनी साहित्य बजारमा आएका हुन् । उनको सार्वजनिक कृतिमा लामा तथा छोटा प्रकृतिका गीतहरु समावेश गरिएको छ । उनले आफ्नो कृति भित्र आफ्नै जस्ता लाग्ने संयोगान्त तथा वियोगान्त गीतहरु समावेश रहेको बताएका छन् ।
लामो समयदेखि आफूले देखेका अथवा भोगेका कुरा शब्दमा उतार्दै आएका खतिवडाले अन्तत: सबैको सल्लाहमा किताव निकालेका हुन् । आफ्ना शब्दलाई पुस्तकमा उतार्न आफ्नी जीवन संगिनी दुर्गाको महत्वपूर्ण हात र साथ रहेको उनले स्मरण गरेका छन् । आफ्ना माता पितामा समर्पित गरिएको ‘सम्झनाका पाइलाहरु’ १ सय ९ वटा गीत समावेश गरिएको छ ।