साप्ताहिक संवाददाता
आश्विन ५, २०७४
कात्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’को नायाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्कीले सार्वजनिक गीतमा आइटम नृत्य गरेकी छिन् । चलचित्रको शिर्ष भूमिकामा रहेकी कार्कीको अभिनय भएको ‘छोटो चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको चोली बोलको गीतमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ । भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको कमेडी कथा बनेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारले अभिनय गरेका छन् ।
छोटो चोलीको भिडियो