साप्ताहिक संवाददाता
आश्विन ५, २०७४
धेरैले चाडपर्वलाई थप स्मरणीय तथा रोमाञ्चक बनाउन घुमघामको योजना बनाएका हुन्छन् ।
घुमघाममा निस्कनुअघि नै टिकट, खानपान तथा बसाइको व्यवस्था निश्चित गर्नुपर्छ ।
जान लागेको ठाउँका बारेमा आवश्यक जानकारी राख्नुपर्छ ।
सजिलो तथा सहज यात्राका लागि धेरै सामान बोक्नु हुँदैन ।
अत्यावश्यक सामान तथा औषधी लान बिर्सनु हुँदैन । जीवनजल, सिटामोल जस्ता औषधी साथमा राख्नुपर्छ ।
क्यामेरा तथा मोबाइलका लागि पावर बैंक बोक्न सकिन्छ ।