साप्ताहिक संवाददाता
आश्विन ६, २०७४
मृगौलामा देखिएको समस्याका कारण उपचार गराईरहेका संगीतकर्मी पुर्ण गुरुङको उपचारका लागि फुलमाया फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । कुशल गायक तथा एरेन्जेर पुर्ण गुरुङको लामो समयदेखि गुरुङ त्रिबि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
फुलमाया फाउण्डेशनका सदस्यहरुले अस्पतालमै पुगेर गुरुङ्की श्रीमतीलाई २० हजार आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम लिएर फाउण्डेशनको तर्फबाट सुस्मिता तमु थेबे लिम्बु, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछानेलगायत फाउन्डेसनका अध्यक्ष बिरही कार्की अस्पताल पुगेका थिए ।