साप्ताहिक संवाददाता
आश्विन ६, २०७४
आज शुक्रबार भृकुटीमण्डपमा चार दिने दसैं किनमेल महोत्सव प्रारम्भ हुँदैछ । बाइकर्स एसोसिएसन नेपालद्वारा आयोजित यो महोत्सवमा किनमेलका साथै विभिन्न मनोरञ्जक कार्यक्रममा सहभागी हुन् सकिन्छ ।
कलाकारहरू : धीरज राई, निर्णय एनएसके, ग्लुमी गाइज, कमल खत्री, सुगम पोखरेल, प्राश्ना शाक्य, इथोस ब्यान्ड, विनोद ढकाल, ज्योति मगर, कुटुम्ब समूह आदि ।
समय : बिहान १० बजेदेखि साँझ ७ बजेसम्म ।