साप्ताहिक संवाददाता
आश्विन ६, २०७४
यो वर्षको दसैंमा गर्मीनै हुने देखिएको कारण पहिरनमा विशेष ध्यान पुर्याउनुपर्छ ।
दसैंमा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका पहिरन लगाउनु उपयुक्त हुन्छ ।
युवतीहरूले एकै खालको डिजाइन र स्टाइललाई निरन्तरता नदिएर केही चेन्ज गर्नु राम्रो हुन्छ ।
यद्यपि दसैंमा यही पहिरन नै लगाउनुपर्छ भन्ने छैन ।
सकेसम्म रंगीचंगी पहिरन रोज्नुपर्छ ।
बजारमा अहिले थरी–थरीका साडी, कुर्ता तथा लेहङ्गाका साथमा वान पिस पनि लोकप्रिय छन् ।
दसैंमा टीका थाप्दा प्राय: रातो रंगकै पहिरन प्रयोग गरिन्छ ।
पुरुषहरूका लागि नर्मल सर्ट–पाइन्ट नै सोवर देखिन्छ ।
संगीता खड्का
क्यास क्रिएटिभ एन्ड
इस्टाइल हाउस
कुपन्डोल