साप्ताहिक संवाददाता
दसैंको विदामा अमेरिका यात्रा निस्कन लागेका गायक हेमन्त शर्माले उनका नेपालमा रहेका फ्यानका लागि भने एउटा गीत कोसेली छाडेर जाने भएका छन् । एक महिने अमेरिका यात्रामा निस्कनु अघि गायक शर्माले आफ्नै शब्द संगीत रहेको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
त्रिवेणीको सुन्दर लोकेसनमा छायाँकन गरिएको उक्त गीत गायक शर्माले आफ्ना शुभचिन्तकका लागि दसैंमा रमाईलो गर्नका लागि पस्किएको जनाएका छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । शिव विकेले निर्देशन गरेको म्यूजिक भिडियोमा पुष्प खड्का र श्रद्धा प्रसाइंले अभिनय गरेका छन् ।
सधैं फरक गीत संगीत गर्न रुचाउने हेमन्तले यसपटक भने दर्शकको फेस्टिवल मुडलाई ध्यानमा राखेर गीत बनाएको बताएका छन् । कुन समय के गर्दा राम्रो हुन्छ भनेर विचार गर्ने उनले गीत बनाउँन सुरु गर्दा नै यतिबेलै रिलिज गर्ने सोच बनाएका थिएँ । आफूले सोचेअनुसार संगीत संयोजन, रेकर्डिङ तथा म्यूजिक भिडियो छायाँकनको काम भएपछि उनले बडा दसैंको दोस्रो दिन आज आफ्नै युट्युब मार्फत दसैंको शुभकामना सहित अपलोड गरेका छन् ।
मायालु होसको म्यूजिक भिडियो