साप्ताहिक संवाददाता
आश्विन ९, २०७४
दसैंको अवसर पारेर धेरैले गरगहना पनि जोड्ने गरेका छन् । वर्षभरी कमाएको पैसाले एक पटक गहना जोड्दा धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ । नत्र तपाई ठगीन सक्नु हुन्छ ।
विश्वसनीय तथा चिनेजानेको पसलबाट गहना खरिद गर्नुपर्छ ।
सर्टिफाइड पसल तथा गहनाको उचित तौल हुने पसलमा जानुपर्छ ।
सुन तथा चाँदी मात्र नभै बहुमूल्य पत्थर जस्तै हीरा, मुगा आदिका बारेमा पनि जानकारी राख्नुपर्छ ।
बजारमा चलिरहेका डिजाइन तथा ट्रेन्डका गहना खरिद गर्नुपर्छ ।
आफ्नो आवश्यकता एवं बजेटअनुसार नै गहना खरिद गर्नुपर्छ ।