हङ्कङ स्थित अन्तराष्ट्रिय विमान स्थलमा ठुलो ठुलो लगेज सहित लामबद्ध छन् हङ्कङेली नेपालीहरु । महान पर्व दसैंं, तिहार नजिकिदा हङकङेली नेपालीहरुलाई त्यो चटारो परेको हो । टिकट पाईदैन पाएपनि महङ्गो, कतिले हङ्कङबाट सिधै काठमाडौंको टिकट नपाएर १२ घण्टा लामो ट्रान्जिटको लागि पनि तयार छन् । नेपाल धरान घर भएकी कृष्णमाया पाण्डे र निलम पाण्डेलाई जसरी भएपनि दसैंंमा घर जान छ । ५ बर्ष पछि दशैं मान्न नेपाल जान लागेका उनीहरुले १२ घण्टाको ट्रान्जिट हङकङ मुम्बई हुदै काठमाडौको टिकट काटिसकेका छन् ।
आफ्नो देश र आफन्तको सामिप्यता प्रदेशमा रहदा अझ प्रगाढ बन्ने रहेछ । अझ चाडपर्व नजिकिदा घर फर्कने र प्रतिक्षामा रहेका आफन्तसाग भेट्न अभिलाषा तिव्र हुदो रहेछ । हङ्कङमा लगभग ४० हजारको हारहारीमा नेपालीहरु बसोबास गर्छन ।
विविध कारणले नेपाल जान नपाएका हङ्कङेलीहरु परिवार र साथीभाईहरु भेला भई दशैं मनाउँछन् । ब्यस्त, आधुनिक शहर हङकङको बाटोमा रातो टिका र जमरा लगाएरै हिडेको भेटिन्छ कतिपय नेपालीहरु । हामीलाई के दसैंं के तिहार सधैभरि काम । १५ बर्ष अघि हङ्कङलाई आफ्नो कर्मथलो बनाएका प्रेम गुरुङ् बताउाछन् ।
शरद ऋतुको आगमनसागै भित्रिएको चाडपर्वले हामीलाई पनि छुन्छ, ब्यस्तताबीच पनि समय निकालेर रमाउँछौं उनी बताउँछन् । चाडपर्व जुनसुकै जाती, समुदायको भएपनि त्यसको मुल मर्म एकता र खुसी नै हो । हामी प्रवासमा छौ, यस्ता संस्कृति र परम्पराले हामीलाई मौलिक सागै खुसी हुने वाहना दिएको छ चलचित्र एसोसियन हङकङका अध्यक्ष राजु राई बताउँछन् ।
दसैंंतिहार लक्षित दर्जन कार्यक्रम
यस पटकको दसैंं तिहारलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा दर्जन बढी कलाकारहरुले हङ्कङेली दर्शकहरुलाई मनोरञ्जन दिनेछन् ।
हङ्कङ नेपाली महासंघले रमाईलो शरद साँझको आयोजना गर्दैछ । कार्यक्रममा डिल्ली फोम्बो, सरस्वती लामा, बलराम समाल, नोभा लिम्बु, रेश्मा पुन, शिशिर राई लगायतका कलाकारहरु हङकङ आउँदैछन् ।
सेप्टेम्बर १७ मै सनराईज स्पोर्टस क्लब हङ्कङले तेश्रो सनराईज कप २०१७ को आयोजना गर्दैछ । मिस नेपाल हङकङ सोसाईटीको आयोजनामा २४ सेप्टेम्बरमा मिस हङकङ नेपाल २०१७ को ग्राण्ड फिनाल लगायतका थुप्रै दसैं लक्षित कार्यक्रमहरु हुँदैछन् ।