साप्ताहिक संवाददाता
ओया अपर्चुनिटिजले आयोजना गरेको विश्वव्यापी शैक्षिक तथा व्याबसायिक सम्मेलन सम्पन्न भएको छ ।
युवाहरुलाई कसरी उद्यमशिल बनाउने ? कसरी सानो रकमबाट उद्यम सूरु गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित थियो । ‘फस्र्ट ग्लोबल आन्टरप्रेनरसिप बुटक्याम्प’ नाम दिईएको यो सम्मेलनमा नेपाल, भारत, हङकङ, इन्डोनेशियाबाट सहभागिहरु उपस्थित थिए । बिभिन्न देशका व्यापारिक संघसंस्था र सहभागिहरुबीच अन्र्तक्रिया भएको थियो । सहभागीहरुले आफ्ना व्यापारिक विचार अनुभवहरु साँटासाँट गर्नुका साथै एक आपसमा छलफल गरेका थिए ।
उक्त बुट क्याम्पमा बिभिन्न देशका चर्चित बक्ताहरुले युवाहरुमाझ उद्यमसिलताका बारेमा आफ्नो अनुभब बाँडेका थिए । ‘कार्यक्रम सोचे भन्दा राम्रो भयो ।’ ओया अपर्चुनिटिजका खगेन्द्र आचार्यले भने, ‘छोटो अबधिमा यति काम सम्पन्न गर्नु चुनौती थियो । तर सम्भब भयो ।’ नेपाली युवाहरुले सूरु गरेको ओयाले वेवसाइटमार्फत बिभिन्न छात्रबृत्ति र कन्फ्रेन्सहरुका बारेमा जानकारी दिने गर्छ ।
यो सम्मेलनका लागी ओया अपर्चुनिटिजलाई विश्व प्रसिद्ध एमआइटि र वाट्सन विश्वविद्यालयले सहयोग गरेको थियो । भारतको लाउड माइन्ड्स, हङकङको फ्युचर ह्याक र ओया अपर्चुनिटिजको संयुक्त पहलमा यो सम्मेलन आयोजना गरिएको हो ।