साप्ताहिक संवाददाता
चाडबाड त्यसै रमाइलो हुन्छ । दसैंमा लामो बिदा पनि हुन्छ । यही अवसर उपयोग गर्दै घरभन्दा बाहिर कतै रमणीय स्थानमा गएर बिदा उपयोग गर्नेे सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने योजना बनाउँदा थोरै आफ्नो यौन क्रियाकलापको पाटोलाई पनि समट्नुभयो भने बिदाको उपयोग थप अविस्मरणीय हुन्छ । लामो छुट्टी पनि हुने हुँदा घुमफिरसँगै यौन आनन्दलाई अविस्मरणीय बनाउनु आफैंमा रोमाञ्चक हुन्छ । यो आफ्नो यौन साथीसँग अझ गहिरो माया साटासाट गर्ने उपयुक्त समय पनि हो । अन्य समयमा व्यवस्थापन गर्न नसकेको समयलाई यतिबेला भरपुर उपभोग गर्न सकिन्छ । त्यसका लागि केही नयाँ सोच जन्माउनुपर्ने हुन्छ जसले गर्दा फेस्टिभलको समयमा पनि आफ्नो यौनजीवन अझ उत्साहजनक होस् ।
रोमाञ्चक समयलाई औपचारिक नबनाउनुहोस्
जब लामो छुट्टीमा हुनुहुन्छ तब आफूले लगाउने पहरिन सामान्यभन्दा फरक बनाइन्छ नै, त्यसका साथै सुत्ने कोठा पनि अन्य समयभन्दा फरक हुनुपर्छ अर्थात् कोठामा केही न केही नयाँपन दिनुपर्छ, जसले तपाईं र तपाईंको यौन साथीलाई सम्पूर्ण कुरामा नयाँपन महसुस गराउन सकोस् । त्यसका साथै जब यौन कार्य सुरु गरिन्छ, सामान्य समयभन्दा बढी रोमाञ्चक हुने प्रयास गर्नुपर्छ । समय प्रशस्त भएको हुँदा जब दुवै जना रोमाञ्चक मोडमा पुगिन्छ त्यो समयलाई भरपुर सदुपयोग गर्नुपर्छ ।
समय मिलाउनुहोस्
अन्य समयभन्दा छुट्टीको समयमा आफ्नो पार्टनरसँग घुलमिल हुने प्रशस्त समय हुन्छ । त्यही भएर कुनै पनि कुरामा हतारिनु हुँदैन । प्रत्येक क्रियाकलापलाई लामो समय लगाएर पूरा गर्नुपर्छ । जस्तै एक–अर्कालाई सघाउँदै एकैपटक नुहाउने, एक–अर्काको शरीर मसाज गरिदिने जस्ता काम बिस्तारै सम्पन्न गर्न सकिन्छ । जब तपाईं होलिडे सेक्सका लागि तयार हुनुहुन्छ भने एक–अर्कालाई खुलस्तसँग बुझ्नुपर्छ, शारीरिक तथा मानसिक दुवै रूपमा । एक–अर्काको सोचदेखि शारीरिक बनावट सबैको खुलस्त अध्ययन गर्नुपर्छ र एक अर्काको बौद्धिकता एवं शरीरको प्रशंसा गर्न पनि छुटाउनु हुँदैन ताकि होलिडे अविस्मरणीय बनोस् ।
केही नयाँ सोच्नुहोस्
यो छुट्टीमा भरपुर मनोरञ्जन प्राप्त गर्न प्रत्येक कुरालाई नयाँ तरिकाले सोच्नुपर्छ । नयाँ स्थान, नयाँ–नयाँ प्रकारका खानेकुरा, नयाँ–नयाँ गतिविधि अनि प्राकृतिक हावा भएको स्थानजस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ताकि यी सबै कुराले आफ्नो यौन क्रियाकलापलाई अहिलेसम्मकै सबैभन्दा आनन्ददायक बनाओस् । स्थान खानपान मात्र नभएर यौन गतिविधिलाई पनि नयाँ तरिकाले सोच्नुपर्छ र त्यसको प्रयोग गर्नुपर्छ । पार्टनरलाई पनि बढी चनाखो हुन प्रेरित गर्नुपर्छ । त्यसका लागि रमाइला कुराकानी गर्नुका साथै आफूले जानेका रोमाञ्चक विषयवस्तुहरू साटासाट गर्नुपर्छ ।
बिहानको समय छान्नुहोस्
जब तपाईं घरमा हुनुहुन्छ र हप्ते बिदामा हुनुहुन्छ भने यौनकार्यका लागि बेलुकीको समय नै किन ? अन्य समयमा समय व्यवस्थापन गर्न गाह्रो हुने हुँदा बेलुकीपख उपयुक्त समय हुन सक्छ, तर जब लामो भ्याकेसनमा भइन्छ भने जुनसुकै समय पनि उपयोग गर्न सकिन्छ । छुट्टीको समय खाली नै खाली हुने हँुदा सबैभन्दा उपयुक्त समय बिहान हुन्छ । बिहानीपख नयाँ ऊर्जा प्राप्त हुने हुँदा त्यसले आफूलाई फरक समेत अनुभव गराउँछ ।
ताजा फलफूल प्रशस्त खानुहोस्
लामो समयको बिदामा हुँदा आफ्नो यौन जीवनलाई फरक महसुस गराउन ताजा र केही चकलेटी चिजहरूले नयाँ ऊर्जा प्रदान गर्न सक्छन् । यस्तो समयमा विशेष गरी स्टबेरी, क्विवी, एभोकाडोजस्ता शरीरमा भित्रैबाट ऊर्जा बढाउने फलफूलका साथै विभिन्न स्वादका चकलेट अनि आइसक्रिम उपयुक्त हुन्छन् । यदि लामो बिदामा घर बाहिर हुनुहुन्छ भने यौन साथीसँग एउटै चकलेट वा आइसक्रिम सेयर गर्न सकिन्छ । यसले फाइदा पनि गर्छ । किनभने एउटै आइसक्रिम वा चकलेट बिस्तारै दुवैले मिलेर खाँदा यौन चाहना क्रमश: बढ्दै जान्छ र यौन कर्म अझ रमाइलो हुन्छ ।
प्रकृतिमैत्री हुनुहोस्
यात्रालाई यौनमय बनाउन चाहने हो भने आफू बस्ने होटलको कोठा जहिले पनि प्रकृतिसँग सहज रूपमा सात्क्षात्कार हुने खालको रोज्नुपर्छ । जस्तो कि नदी वा सामुद्रिक तट हिमाली श्रृंखला, जस्ता कुरा सहज देख्न सकिने स्थान हुनुपर्छ । अझ बेडरुममा प्राकृतिक हावाको राम्रो प्रवाह होस् जसले दुवैमा अन्तरह्दयदेखि नै नयाँपन एवं रोमाञ्चकता भर्न सकोस् ।
सुरक्षा
मानिसको स्वभाव नै हो, जोसमा होस गुमाउने । यौन साथीसँगै भएपछि धेरै कुराको ख्याल गर्नुपर्छ ताकि रमाइलोका लागि गरिएको यात्रापछि सास्ती बेहोर्नु नपरोस् । त्यसका लागि आवश्यक सुरक्षामा ध्यान पुर्याउनु पर्छ । यदि तपाईं नियमित यौन साथीसँगको छुट्टीमा हुनुहुन्छ भने त पहिलेदेखि नै सतर्क हुनुभएको हुनसक्छ तर नयाँ यौन साथीसँगको रमाइलोमा हुनुहुन्छ भने यौनजन्य रोगबाट जोगिन तथा सुरक्षित यौनसम्पर्कका लागि कन्डमजस्ता अस्थायी साधनको व्यवस्था पहिले नै गर्नु उपयुक्त हुन्छ । यदि श्रीमती वा प्रेमिकासँगको होलिडेमा हुनुहुन्छ भने पनि गर्भ नरहोस भनेर कण्डम जस्ता सामग्रीको अग्रिम तयारी गर्नु उपयुक्त हुन्छ ।
स्वास्थ्य सुरक्षासँगै शारीरिक सुरक्षामा पनि उतिकै ध्यान पुर्याउनुपर्छ । लामो छुट्टीमा निस्किएका जोडीले आफ्नो गन्तव्यका बारेमा परिवारजनलाई जानकारी दिनुका साथै आफू र कुन ठाउँमा जाँदैछु राम्रोसँग बुझ्नुपर्छ । त्यहाँ जाँदा बस्ने, खाने र त्यहाँको मौसमका सम्बन्धमा यथेष्ट जानकारी लिनुपर्छ भने सुरक्षाको हिसाबले कति संवेदनशील स्थानमा हुनुहुन्छ त्यसको ख्याल गरी सोही अनुरूपको तयारी गर्नुपर्छ ताकि आफ्नो रोमाञ्चक होलिडे सानो कुराले गर्दा खल्लो नहोस् ।
सेक्सी वातावरण
आफू सुत्ने बेडरुमलाई नै सेक्सी बनाउनुपर्छ ताकि आफूलाई हरकुरा सेक्सी लागून् । कोठाको डेकोरेसन, बेड, कोठामा गुन्जने म्युजिक, त्यहाँको पर्फुयम सबै नयाँ एवं रोमाञ्चक हुन् ताकि ती सबै कुराले आफ्सेआफ वातावरण रोमाञ्चक बनोस् ।
सरसफाइमा ध्यान
महत्वपूर्ण कुरा सरसफाइमा ध्यान दिनु पनि हो । निश्चित समयमा नुवाइधुवाइ गर्ने, नित्यकर्म गर्ने जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ताकि आफ्नो पार्टनरले शरीरको कुनै पनि अंगबाट दुर्गन्ध महसुस गर्नु नपरोस् र त्यही गन्धका कारण दुई जनाबीचको रोमाञ्चकता नखल्बलियोस् ।
माया बढाउनुहोस्
यौन कार्य सम्पन्न भैसकेपछि पनि एक अर्कालाई भरपुर चुम्बन गर्ने, टाँसिएर सुत्ने जस्ता कार्यलाई निरन्तरता दिनुपर्छ ताकि दुवै जनामा अगाध प्रेम भएको आभास होस्, जुन कुराले तपाईंहरूमा विश्वाससमेत बढाउँछ । यो समयमा एक अर्काले नयाँ–नयाँ कामहरू गर्ने तथा सिक्ने प्रयास गर्नुपर्छ । त्यस क्रममा एक–अर्कालाई सहयोग गर्नुपर्छ भने प्राप्त उपलब्धिलाई रोमाञ्चकतातर्फ मोड्नुपर्छ ।
सेक्स फ्याक्ट्स
धेरै महिलासँग सम्बन्ध राख्ने पुरुषले यौन क्रियाकलापलाई महत्वपूर्ण त मान्छन् नै, तर महिला साथीहरूसँगको सम्बन्धबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन् ।
एक अध्ययनअनुसार नीलो आँखा हुने पुरुष त्यस्तै आँखा हुने महिला मन पराउँछन्, तर उनीहरूबाट जन्मिएको शिशुको आँखा पनि नीलो भए त्यसलाई राम्रो मान्दैनन् ।
महिलाहरू मासिक धर्म (महिनावारी) को समयमा वा त्यसको ठिक अघि पूर्ण यौनआनन्द लिन्छन्, जुन समयमा महिलाहरूमा रक्तसञ्चार बढेको हुन्छ ।
एक अध्ययनअनुसार कलेज जीवनमा यौन क्रियाकलापमा बढी सक्रिय युवा अपवादबाहेक कुनै न कुनै समय डिप्रेसनमा पर्छ । जबकि कलेज जीवनमा यौनसम्पर्क नगर्ने विद्यार्थीहरू सामान्य रहन्छन् ।
यौन क्रियाकलापका दौरान महिलाहरू असाध्यै कल्पनाशील हुन्छन् । त्यसैले पनि यो समयमा उनीहरूलाई पूर्ण यौन सन्तुष्टि मिल्यो भने महिला–पुरुषको सम्बन्ध दह्रो बन्छ ।
एउटा लक्का जवान पुरुष एक रातमा औसत ५ देखि ७ पटक यौन उत्तेजनामा आउँछ ।
हप्तामा दुईदेखि तीन पटक यौनसम्पर्क गर्ने महिला–पुरुषमा रोग प्रतिरोधात्मक क्षमता
बढ्दै जान्छ ।
रोमान्टिक उपन्यास पढ्ने युवतीहरूले त्यस्ता उपन्यास नपढ्ने युवतीभन्दा बढी यौन आनन्द उठाउँछन् ।
यदि सेक्समा रुचि कम भए स्केटिङ वा कुनै एक्सरसाइज गरे दोब्बर इच्छा जागेर आउँछ ।