साप्ताहिक संवाददाता
दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेता आकाश श्रेष्ठ तथा गायिका मीना निरौलाले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् ।
मीना निरौला, गायिका
ठूलाबडाको आशीर्वाद
परिवारका सदस्यहरूसँगको खुसीयाली साटासाट
बजारको चहलपहल अनि खुसी अनुहार
रमाइलो वातावरण, चारैतिर सरसफाइ
दुर्गा माताको मन्दिरमा छाउने उल्लास ।
रक्सी सेवन गरेर अरूलाई डिस्टर्व गर्नेहरू
दक्षिणालाई प्राथमिकता दिने युवापुस्ता
जुवा–तासमा आफ्नो क्षमताभन्दा बढी खर्च गर्ने फेसन
देखावटीका लागि अस्वस्थ प्रतिस्पर्धा
बलि प्रथाका कारण शक्तिपीठमा देखिने रगतसहितको फोहोर ।
आकाश श्रेष्ठ, अभिनेता
आफन्तसँग समय बिताउन
घुम्न
पिङ खेल्न
पारिवारिक जमघट
देवीको पूजा–आराधना ।
मासुका लागि पशुबलि
सुनसान काठमाडौं
ट्याक्सीको मनपरी भाडा
रक्सीले मातेर हिंडेका मानिस
छुटको नाममा ब्रह्मलुट ।