साप्ताहिक संवाददाता
आश्विन १२, २०७४
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल फुलाउन चाहने
यी आँखाहरू आज
खोँचखोँचमा बर्सिएर
सागर सुकाइरहेछन् ।
कति स्वार्थी छ यो संसार
कोही चाहँदैन
पत्थरमा प्रीति रोप्न
तर म चाहन्छु
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल फुलाउन
र देखाउन चाहन्छु म त्यो
बलेको आगो मात्र ताप्नेहरूलाई
सिकाउन चाहन्छु म,
आफैं आगो बालेर ताप्न तिनीहरूलाई
सुखमा मात्र हाँसेर बाँच्न चाहनेहरूलाई
दु:खमा पनि सुखमा जस्तै हाँसेर बाँच्न
सिकाउन चाहन्छु म ।
आँसुको सागर अटाउन सक्ने
आकाशजत्रो छाती खोलेर
देखाउन चाहन्छु म ।
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल
फुलाउन चाहन्छु म ।