साप्ताहिक संवाददाता
आश्विन १३, २०७४
वृद्धवृद्धाको हेरचाह गर्न घरका सदस्यलाई अलि गाह्रो हुने गर्छ । अरु बेला भन्दा दसैंका बेला धेरै कुरामा ध्यान पुर्याउँनु पर्ने हुन्छ । वृद्धवृद्धामा विभिन्न खालका रोग हुन सक्छन् त्यसैले खानपानदेखि समय व्यवस्थापनमा समेत ध्यान दिनु जरुरी छ ।
चाडपर्वमा जतिसुकै व्यस्त भए पनि घरका वृद्धवृद्धालाई आवश्यक समय दिनुपर्छ ।
वृद्धवृद्धाको पाचन प्रक्रिया कमजोर हुने भएकाले पचाउन गाह्रो हुने चिल्लो, पिरो, मसलेदार भन्दा पनि नरम र सजिलै पच्ने खानेकुरा पकाइदिनुपर्छ ।
वर्ष दिनमा आउने यो पर्वमा वृद्धवृद्धाहरूका लागि पनि नयाँ पहिरन खरिद गरिदिनुपर्छ ।
नवदुर्गाको मन्दिर तथा घुमघाममा निस्कँदा साथमा लानुपर्छ ।
रमाइलो गर्दा वृद्धवृद्धाहरूलाई पनि त्यसमा सामेल गराउनुपर्छ ।