साप्ताहिक संवाददाता
दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेत्री अश्लेषा ठकुरी तथा गायक सीताराम पोखरेलले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् ।
अश्लेषा ठकुरी, अभिनेत्री
बुवा–आमालाई भेट्न पाइने एउटा महत्वपूर्ण चाड
रातो टीका र जमरा
बालबालिकाहरूको चंगा उडाउने शैली
लामो बिदा, आफैंलाई बढीभन्दा बढी समय दिन पाइने अवसर
परिवारका सदस्य मात्र होइन, साथीभाइ एवं अन्य आफन्तहरूसँग भेटघाट अनि गर्न बाँकी रहेका काम गर्ने पुरा गर्न पाउने अवसर ।
बलि प्रथाको नाममा पशु हत्या
मनोरञ्जनका लागि नभै हारजितका लागि खेलिने जुवा–तास
अत्यधिक मदिरा सेवन
विद्यार्थीहरूलाई स्कुल/कलेजले दिने अत्यधिक होमवर्क
फेसनका नाममा बढ्दो तडक–भडक ।
सीताराम पोखरेल, गायक
दुर्गा भवानीको पूजा विशेष रूपले गर्ने परम्परा
मान्यजनहरूबाट टीका लगाई लिइने आशीर्वाद
वर्ष दिनमा एकपटक सबै आफन्तसँग भेटघाट हुँदा आफ्नोपनको वृद्धि
परिवारका सदस्यहरू जम्मा भएर खेलिने तास
लामो समयको बिदा ।
मात्तिने गरी गरिने मद्यपान
समाजलाई देखाउनकै लागि गरिने अत्यधिक खर्च
बलि प्रथा
जुवा–तासका ठूल्ठूला खाल
सार्वजनिक सवारी साधनले गर्ने शोषण ।