साप्ताहिक संवाददाता
आश्विन १९, २०७४
भारतीय रियालीटी शो डान्स प्लसको तेस्रो सिजनको उपाधि नेपाली मूलका वीर राधा शेर्पाले जितेका छन् ।
उनी भारतीय राज्य आसामका स्थायी बासिन्दा हुन् । वीरले उपाधिसहित २५ लाख भारतीय रुपैयाँ तथा एउटा कार उपहार पाएका छन् । आसामको सिचरमा बसोबास गर्ने वीरले यसअघि डान्स इन्डिया डान्समा पनि सहभागिता जनाएका थिए ।