साप्ताहिक संवाददाता
दसैंको फूलपातीदेखि काठमाडौं उपत्यकाका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका चलचित्र भवनहरूमा लाग्दैछ ।
सफलता पाइरहेको चलचित्र छक्कापञ्जा दुईसँगै प्रदर्शनमा आएको मेरो पैसा खोइले एक साताको छोटो समयमा प्रदर्शन गर्ने निर्णय गरेकाले पनि पर्याप्त प्रचार–प्रसार गर्न सकेन । जबकि यसमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ जस्ता कहलिएका कलाकारले काम गरेका छन् ।
काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि निर्माण पक्ष उपत्यका बाहिरका दर्शकले यो चलचित्र मनपराउने कुरामा ढुक्क छ । चलचित्र मेरो पैसा खोई हास्य प्रधान चलचित्र हो जसमा शरीर बेचेर जीवन गुजारा गरिरहेकी एक युवतीको प्रेमकथा हेर्न पाइन्छ । सुरुमा बलिउड निर्देशक विवेश शर्माले निर्देशन गरेको यो चलचित्रबाट उनले हात झिकेपछि निर्माता रोज राणा आफैंले उक्त चलचित्रको निर्देशनसमेत गरेका हुन् ।
निर्देशक : रोज राणा
संगीत : बसन्त सापकोटा
कलाकार : सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी, बुद्धि तामाङ, रविन तामाङ आदि ।