साप्ताहिक संवाददाता
भगवान् गौतम बुद्धका बारेमा सत्य ज्ञान फैलाउनु जरुरी छ (रंगमञ्च : बोधिछायाँ मञ्चन) । देश–विदेशका धेरै ठाउँमा यस्तो नाटक मञ्चन हुनुपर्छ । अहिले बुद्धका सम्बन्धमा अनावश्यक भ्रम फैलाइएको छ, जसले गर्दा पर्यटक आगमनमा समस्या सिर्जना हुनसक्छ ।
समिर गुरुङ
मेकअप सुन्दर लागे (मेकअप कम्पिटिसन) । विभिन्न थिममा गरिएका मेकअप कलात्मक पनि छन् ।
राम कुँवर
बधाई छ बिनाजीलाई (मिस कल्चर नेपालको उपाधि बिनालाई) । अन्य प्रतियोगिताहरूमा पनि सफल हुनुहोस्– शुभकामना ।
बसन्त पाठक
मनोज गजुरेलको कुरामा सहमत छु (गजुरियल विश्लेषण : मेरो नेपाल आइडल यस्तो होस्) । नेपाल आइडलले समग्र नेपालकै आइडल बन्ने प्रयास गर्नुपर्छ ।
विनय
आम्मै ! यति महँगा रक्सी (नेपाली बजारमा महँगा रक्सी) † महँगा ब्रान्डेड रक्सीका बारेमा पढेर अचम्म लाग्यो ।
सरिता केसी
पोखरा मनमोहक दृश्यका लागि मात्र होइन साहसिक पर्यटनका लागि समेत उत्तिकै चर्चित छ (साहसिक पर्यटन हब पोखरा) । यसको प्रचार–प्रसारमा थप पहल आवश्यक छ ।
अरुण
नरदेवी नाच किन ३७ वर्षपछि मात्र देखाइयो ? (बाह्रवर्षे श्वेतकाली नृत्य तथा पूजा) ?) इतिहास बोकेका यस्ता नाच बर्सेनि देखाइनु जरुरी छ । स्थानीय बासिन्दा तथा सरकारले यसका लागि आवश्यक
पहल गर्नुपर्छ ।
कृष्ण थापा
आशा छ, महसञ्चारको चलचित्र अरूभन्दा पक्कै भिन्न हुनेछ (फिल्मी डायरी : महसञ्चारको शत्रु गते) । – शुभकामना ।
निर अधिकारी
आफन्त कोही नहुनेहरूका लागि कोही भैदिनुमा जति आनन्द अरू केमा छ र ? (समय सन्दर्भ : दसैं बिदाको उपयोग) ढुंगाका देवतालाई खुसी पार्न लाइन लाग्नुभन्दा अरूको भलाइमा समय खर्चिनु उपयुक्त हो ।
रमेश सुवेदी
सञ्जीव खत्रीले नेपाल बाहिर गरेको काम प्रशंसनीय छ (अन्तर्वार्ता : नेपालीहरू खाने पिउने मामिलामा पछि हट्दैनन्) । यस्तो काम नेपालमै गर्नसके धेरैले रोजगारी पाउँथे कि ?
कृषा राई
यस्ता घटना कसैले पनि सुन्नु नपरोस् (किन लिइन गायिका मिलन अमात्यले डिभोर्स ?) छुट्टिनुभन्दा मिलेर बसेको राम्रो ।
पेम्बा लामा
भारतीय प्रहरीद्वारा सर्वाधिक खोजिएकी हनिप्रितसम्बन्धी रिपोर्ट गजब छ । (के नेपालमै छिन् हनिप्रित ?) नेपाल प्रहरीले यति खोजी गर्दा पनि किन उनलाई फेला पार्न नसकेको ? कतै उनी नेपालमै छैनन् कि ?
तुलसी कुमार
बधाई छ नीताजी (नीता अब निर्मात्री) । अभिनयजस्तै निर्मात्रीका रूपमा पनि तपाईंलाई सफलता प्राप्त होस् ।
रमेश पौडेल
सेलिब्रेटीहरूका दसैं अनुभव रमाइला लागे (दसैं, नवदुर्गा पूजा र सेलिब्रेटी फेसन) । राजबल्लभजी, दसैं परदेशमा भन्दा स्वदेशमै रमाइलो हुन्छ । नेपाल जस्तो स्वर्ग अन्त कहाँ छ र ?
पूर्ण दाहाल
हाम्रा नेपाली दाजुभाइहरूले चाड पर्वभन्ने बित्तिकै जाँड धोकी हाल्नुपर्छ त ? अरू दिनमा दिनहुँ पिउनेहरू चाडपर्व आयो भन्दै दिउँसै झ्याप्पै भैदिन्छन् ।
शंकर नेपाली
खाने तरिका नजानेपछि शरीर भैंसी जस्तो हुन्छ (दसैं विशेष : हड्डी चपाउन मज्जा लाग्छ)। यस्तो त भएन है वर्षाजी ।
सुसन सुब्बा